कञ्चनपुरका डम्बरलाई नदिले बगायो !

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीमा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । चौधर नदीमा तर्ने क्रममा बगेर बेलडाँडी गाउँपालिका –३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएका हुन ।

उनी आइतबार ६ जनाको समूहमा सीमावर्ती भारतीय गाउँ टाटरगन्ज माछा मार्न गएका थिए । फर्किने क्रममा बेलडाडी गाउँपालिका – ५ झिलमिला स्थित चौधर नदीमा बगेर उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताएका छन् ।

उनले बेपत्ता चौधरीको खोजी कार्य भइरहेको बताए । निरन्तर परिरहेको पानीले खोजी कार्यमा असहज भएको उनले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार