अत्याधिक गर्मीले धनगढीको जनजीवन कष्टकर

काठमाडौँ : असारको पहिलो साता सक्किनै लाग्दा पनि पानी पर्न नसक्दा अत्याधिक गर्मी बढेकोले धनगढी बासीको जनजीवन प्रभावित र कष्टकर बनेको छ। दिन प्रतिदिन बढि रहेको उखरमाउलो गर्मीले धनगढीका व्यापार व्यवसायहरु चौपट भएको र दिउँसोको समय पसल बन्द गरेर बस्नु पर्ने व्यापारीहरुले बताएका छन्।

यस्तै धनगढीकोे गर्मि ४४/४५ डिग्री पुगे सङ्गै धनगढीका अस्पतालहरूमा गर्मीका कारण हुने रोगहरुका बीरामीको चाप बढ्दै गएको छ। भने आहिले अधिकांस विद्यालयहरू गर्मिकै कारण बन्द गरिएका छन् । अत्याधिक गर्मीका कारण लु लाग्ने, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगहरु लाग्ने,बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने स्वास्थ विज्ञहरुकोे भनाइ रहेको छ।

SHIKHAR COOL TECH

सामान्यतः सवारी साधनको चाप भइरहने धनगढीका सडकहरुमा फाट्टफुट्ट मात्रामा सवारी साधन चलेका देखिन्छन भने धनगढीका पसलहरुमा विभिन्न समान किन्नेको भिड लाग्ने भए पनि आज भाेली बिहान बेलुका मात्र मान्छे देखिन थालेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार