वर्षेनी दुई पटकसम्म रक्तदान गर्दा हुनेछन् यस्ता फाइदा

काठमाडौं : रगत दान गर्नु एकदमै राम्रो पून्यको काम हो ।

यसले तपाईं कोही आवश्यकता परेकाहरुलाई सहयोग गर्न सक्नुहुन्छ । साथमा रक्तदान गरेपछि तपाईंको स्वास्थ्यमा पनि केही फाइदाहरु हुन्छन् ।

Dengue

यी लाभहरुका बारेमा जान्नुभयो भने तपाईं रक्तदान अवश्य गर्नुहुनेछ ।रक्तदान गर्नका लागि तपाईंको उमेर १८ वर्षदेखि लिएर ६० वर्षका बीचमा हुनुपर्दछ । साथमा रक्तदानका लागि तपाईंको तौल कम्तीमा ५० किलोग्राम हुनुपर्दछ ।

रक्तदान गर्नाले हृदयघातको खतरा कम हुन्छ । यो स्थितिमा रगत जम्ने समस्या पनि हुँदैन र रगत पातलो हुन थाल्छ । यस्तोमा हृदय घातको खतरा घट्दै जान्छ ।

यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने पनि रक्तदान गर्नु फाइदाजनक हुन्छ । यस्तोमा तपाईं हरेक वर्ष कम्तीमा दुईपटक रक्तदान गर्न सक्नुहुन्छ ।

रक्तदान गरेपछि तपाईंले कमजोर महसुस गरे पनि तर यसले शरीरको ऊर्जा भने बुस्ट हुन्छ ।रक्तदान गरेपछि शरीरमा रगतका नयाँ कोषिकाहरु बन्छन् जसले शरीर फिट रहन्छ ।रक्तदान गर्नाले लिवर सम्बन्धी समस्याहरुबाट पनि राहत पाउन सकिन्छ ।यदी शरीरमा धेरै आइरन भयो भने लिवरमा नराम्रो असर पर्न सक्छ । रक्तदान गर्नाले आइरनको मात्रा नियन्त्रित रहन्छ ।

रक्तदान गर्नुभन्दा २४ घण्टा पहिलादेखि नै जाँडरक्सी, धुम्रपान तथा खैनीगाँजाहरुको सेवन बन्द गर्नुपर्छ ।साथमा रक्तदान गर्नुअघि आफ्नो मेडिकल जाँच अवश्य गर्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार