खानेपानीको गोदाममा आगलागी, करोडौंको क्षति 

डोटी \ दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडस्थित सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको छ । 

आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालय प्रमुख राम धामीले बताए । उनले करिब ८ करोड रुपैयाँ बराबरको खानेपानीको पाइप नष्ट भएको जानकारी दिए ।

Dengue

गएराति करिब १२ बजे गोदाममा आगलागी भएको बताइएको छ । दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टा पछि नियन्त्रणमा लिएका हुन् ।

कसैले नियतबस गोदाम घरमा आगो लगाएको हुनसक्ने कार्यालय प्रमुख धामीले आरोप लगाएका छन् ।

‘त्यत्रो पाइप नष्ट हुन दुई सय २० सम्म डिग्री तापक्रम हुनपर्छ,’ धामीले आरोप लगाउँदै भने, ‘गल्तीबस सामान्य आगोको झुस्को वा विद्युत् सर्टमात्र भएर पाइपमा आगो लाग्ने सम्भावना हुँदैन । आगो लगाएको कस्ले हो । प्रहरी प्रशासनसँग अनुसन्धानका लागि आग्रह गर्छौ ।’

दिपायल सिलगढी नगरपालिकाको–६ स्थित रातुली–पाकरीमा विस्तार भइरहेको खानेपानी लाइनका विस्तारका लागि ल्याइएको २ ट्रक पाइप, दिपायल सिलगढी नगरपालिकाले आ.व. ०७१÷०७२ मा जगेडा कोषबाट खरिद गरेर उपलब्ध गराएको ३२ लाख बराबरको खानेपानी पाइप, सिलगढीका ६ सय १६ घरधुरीमा खानेपानी धारा केनेक्सन गर्न ल्याइएको हाफ इञ्चको २ ट्रक पाइप, खानेपानी तथा सरसफाइ डिभिजन राजपुरले भेलछडा खानेपानीका लागि खरिद गरी सिलगढी खानेपानीलाई हस्तान्तरण गरेको करिव ५ किलोमिटर लम्बाइको खानेपानी पाइप तथा खप्तडदेखि सिलगढीमा पानी ल्याउन खरिद गरेको २ ट्रक पाइप गोदाम घरमा जलेर नष्ट भएको कार्यालय प्रमुख धामीले बताए ।

त्यसबाहेक विभिन्न समयमा आफैं खरिद गरिएका खानेपानी तथा अन्य कार्यालयहरुसँग सहयोग मागेर स्टोर गरिएका पाइपपनि आगलागीबाट नष्ट भएको जानकारी दिए ।

वैशाख महिनामा मात्र खप्तड राष्ट्रिय निकुञ्चमा लागेको डढेलोले खानेपानी पाइपमा लागो लागेपछि महिना दिनसम्म सिलगढीमा खानेपानी हाहाकार भएको थियो । उपभोक्ताहरुको श्रमदान गरेर एक महिनापछि खानेपानी आपूर्ति गरेसँगै गोदामघरमा आगो लाग्दा सिलगढी खानेपानी कार्यालयलाई ठूलो क्षति भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार