शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिखर नगरपालिकाले गर्‍यो शिक्षक सम्मेलन

डोटी : शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याउने उद्देश्यका साथ डोटीको शिखर नगरपालिकाले नगर शिक्षक सम्मलेन गरेको छ । विद्यालय शिक्षाको गुणस्तरमा सुधारका लागि शिक्षकहरुलाई उत्प्रेरित गर्न उक्त सम्मेलन आयोजना गरिएको शिखर नगरपालिकाका प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।

‘नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो धनराशी खर्च गरिरहेको छ तर शिक्षाको गुणस्तर झन झन खस्कँदै गएको छ’ नगर प्रमुख बलायर भन्छन् ‘गुणस्तर खस्कनुमा कहाँ कसको के कमजोरी रह्यो भन्ने पत्ता लगाउन यो सम्मेलन गरिएको हो ।’ उनले आफु नगर प्रमुख भएर दुई वर्ष काम गर्दा विकासको मुल आधार गुणस्तरीय शिक्षा रहेछ भन्ने अनुभूति भएकोले अब नगरपालिकाले शिक्षामा बढी लगानी गर्ने बताए ।

Dengue

‘तपाईहरु नगरकै अभिभावक हुनुहुन्छ, समृद्ध नगर बनाउने जिम्मेवारी तपाईहरुको पनि हो’ सम्मेलनमा सहभागि शिक्षकहरुलई आग्रह गर्दै बलायरले भने ‘सवै शिक्षकहरु एकजुट भएर शिक्षाको गुणस्तर सुधारका लागि पहल गर्नुहोस् ।’ नगरपालिकाले विद्यालयको भौतिक अवस्था, एक विद्यालयदेखि अर्को विद्यालयसम्मको दूरी, विद्यार्थी संख्या, शिक्षाको गुणस्तर लगायतका सूचकहरुको आधारमा विद्यालयको तह निर्धारण गर्ने र शिक्षक दरवन्दी मिलान गर्ने कार्य सम्पन्न गरेको बताउँदै नगर प्रमुख बलायरले तोकिएको विद्यालयमा गएर गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । सो अवसरमा नगर प्रमुख बलायरले “शिखर शैक्षिक सुधार बर्ष–२०८१” को घोषणा समेत गरेका छन् ।

“सेवा, समर्पण र सम्भावना : जागृत शिक्षक शिखरको चाहना” मुल नाराका साथ आयोजना गरिएको शिखर शिक्षक सम्मेलनको उदघाटनका क्रममा बोल्दै जिल्ला समन्वय समिति समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले स्थानीय तहहरुले गुणस्तरीय शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको बताए । विद्यालयमा गुणस्तरीय शिक्षाका साजसाथै नैतिक शिक्षा पनि आवश्यक रहेको सिंहको भनाई छ । उनले भने ‘सवैले आफ्ना छोराछोरी डाक्टर बनोस्, पाईलट बनोस्, ईन्जिनियर बनोस् भन्ने चाहान्छन् तर एक ईमानदार, नैतिकवान नागरिक वनाउनतर्फ कसैको ध्यान छैन ।’ उनले शिक्षकहरुले ईमानदार नागरिक उत्पादनमा पनि सहयोग गर्नुपर्ने बताए ।

शिखर नगरपालिकाले शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै जिल्लाका अन्य पालिकाहरुले पनि शिखरबाट केही कुरा सिक्नु पर्ने बताए ।

शिक्षकहरुमा पेशाप्रति सकारात्मक भावनाको विकास गर्ने, विद्यालय शिक्षामा नयाँपन ल्याउने, कक्षाकोठामा नयाँ नयाँ प्रयोग गर्न शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि यो सम्मेलन आयोजना गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख शेरबहादुर कार्कीले जानकारी दिए । उनले शिक्षा सम्मेलनमा सहभािग शिक्षकहरुलाई सकारात्मक उत्प्रेरक प्रितम पौडेलले पेशाप्रति जागृत गराएको समेत बताए ।

शनिवार सेती प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न सम्मेलनमा नगरभित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र बिद्यालय कर्मचारी गरी ३ सय ४८ जनाको सहभागिता रहेको शिक्षा शाखा प्रमुख कार्कीले जानकारी दिए । उनले सम्मेलनमा नगर कार्यपालिकाका सदस्यहरु, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार