बाजुरामका लाल बहादुरले धौलीलाई कुटीकुटी मारे !

भक्तराज जोशी

बाजुरा : रिशको आबेगमा बाजुरामा एक महिलाको हत्या गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका बडीमालिका नगरपालिका ६ बुढा कोर्धकी ४५ बर्षिय धौली बडुवालको हत्या भएको पाइएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत अभियुक्तलाई सार्वजनिक गरेको हो । ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

तत्काल उठेको रिस र पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको सावित बयान दिएको डीएसपी गिरीले पत्रकार सम्मलेनमा जानकारी गराएका हुन् । आरोपितले हत्या गरिएकी महिलालले सुरुमा गाली गलौज गरेको र तत्काल रिसको आवेगमा आफुले ओदान र काठको लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अंगमा लाठीले घाउ समेत बनाएको पाईएको छ । एकल महिला समेत रहेकी धौली बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढा कोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई आफन्तले मृत अवस्थामा यसअघि फेला पारेका थिए । घटनास्थलबाट प्राप्त तथा संकलन गरिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौं र नेपालगञ्ज पठाईएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार