काठमाडौं : आइरन मानव शरीरका लागि आवश्यक मिनीरल्स हो । यो शरिरीक विकासको लागि आवश्यक हुन्छ । आइरनको कमीले शरीरमा रक्तअल्पताको समस्यालाई निम्त्याउन सक्छ । मुख्यतया यस्ता मानिसहरुमा आइरनको कमी हुन सक्छ । हामीले खाने दैनिक आहारमा यस्ता खानेकुराहरु समावेश गर्ने जसले उच्च आइरन पाउन सकिन्छ ।
कस्ता व्यक्तिमा हुन्छ आइरन कमी
- गर्भवति महिला ,
- शिशु र बालबालिका ,
- लगातार रक्तदान गर्ने व्यक्ति ,
- क्यान्सर भएका व्यक्ति ,
- जठरांत्रिय विकार भएका व्यक्ति , वा जठरांत्रिय चिरफार गरेको व्यक्ति ,
- हृद्यघात भएका व्यक्ति ,
- कलेजो र मृगौलाको धेरै पुरानो रोग भएका व्यक्ति,
उच्च आइरन पाइने खाने कुरा
- चामल, आइरन भएको पाउरोटी , रोटी
- कलोजो ,
- दाल , सीमी, राजमा र मटर
- फर्सि ,
- तील ,
- स्क्वासको विउ ,
- तोफु,
- हरिसागपात , ब्रोकोली , आलु,
- रातो मासु ,
- माछा ,
- सुकेका फल जस्तै आरु , सुकेको बयर , किसमीस
प्रतिक्रिया दिनुहोस्