पोलको भाडा नबुझाउने संस्थालाई टेलिकमले भन्यो : जेठ मसान्तभित्र सबै रकम बुझाउनु

सुरज चन्द

काठमाडौं : नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गरी भाडा नतिर्ने केबल टीभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ। टेलिकमले सूचना जारी जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाए सबै तार हटाउने बताएको छ। 

टीभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०/८१ सम्मको भाडा बापतको रकम  जेठ मसान्तभित्र बुझाउन भनेको छ। 

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार