विद्यार्थी भर्ना शुरु हुनुअघि नै सतहत्तरै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं :  जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र शुरु हुनुअगावै७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको दाबी गरेको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका  विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र २०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याएको दाबी गरे। केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म  पाठ्यपुस्तक बिक्री भएका छन्। केन्द्रले चालु शैक्षिक सत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो।

Dengue

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर  फागुनदेखि नै बिक्री शुरु गरेको थियो। केन्द्रले  २४ सैँ घण्टा पुस्तक छापेको थियो। 

‘हामीले समयमै जिल्ला-जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने जिम्मेवारी पूरा गरेका छौँ। अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, प्रबन्ध सञ्चालक झाले भने, ‘कुनै कारणले कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ।’

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत ९ प्रकाशनका पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिएको छ।

केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार