अब कक्षा १२ पास गरेपछि २ वर्षे नर्सिङ पढ्न पाइने

काठमाडौं : अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा. डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।

चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए ।

Dengue

हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो । यस्तै पीसीएल गरेपछि ३ वर्षे ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ ।

त्यसैगरी विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार