एक लाख घुस लिएका प्रहरी नायब निरीक्षक र बरिष्ठ हवल्दार भ्रष्टाचारी ठहर

काठमाडौं : नेपाल प्रहरीका दुई कर्मचारी घुस लिएको मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाको बिशेष अदालतले शुक्रबार फैसला सुनाउदै दोषी ठहर गरेको हो ।

बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् ।

Dengue

उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । मुद्दा दायर भएको दुई महिनामै बिशेषले फैसला सुनाएको हो ।

त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् ।

उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि सहजीकरण गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार