यस्तो अनौठो घटना : श्रीमान् ले नै गराए श्रीमतीको बलत्कार

भारत : घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो, जहाँ एक पुरुषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुरैना जिल्लाको बसैया थानामा यसबारे उजुरी परेको छ । आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।

Dengue

६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।

बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ ।
प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार