कृषि विकास बैंकमा खुल्यो जागिर, माग्यो ११२ जना कर्मचारी (सूचना सहित)

कैलाली : कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।

शनिबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

Dengue

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।

ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। 

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

krishi-bikash-bank-1708652443.jpg
krishi-bikash-bank1-1708652443.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार