नेपालले टस हारेर ब्याटिङ गर्दै,गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा

 कैलाली : नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।

Dengue

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।

बेन्चमा : आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार