कैलाली- विदेशमा रहेका नेपालीलीलाई पनि मतदान गर्न दिने विषयमा सरकारले तयारी गरेको छ । निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठक विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे छलफल भएको थियो ।
निर्वाचन आयोगले त्यसका लागि एउटा मापदण्ड बनाएको छ । विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्