लोकसेवा आयोगमा जागिरको अवसर, आवेदन दिने अन्तिम मिति कहिले ?

धनगढी- लोकसेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव सेवा आयोगका सहायक प्रथम श्रेणीका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका व्यक्तिले माघ १६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । भने दोब्बर दस्तुरमा माघ २३ गतेसम्म आवेदन दिन सकिने छ । महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।

Dengue

साथै लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लहान र पर्सा जिल्लाको वीरगन्जमा तथा लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गरिनेछ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ७०० रुपैयाँ बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूहका लागि २०० रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ । आवेदन अनलाइनमार्फत दिन सकिने छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार