धनगढीको मुहार फेर्न लागी परेका हमालको अर्को कमाल : शैक्षिक सुधारका लागी काठमाडौं बिश्वबिद्धालय संग सम्झौता

धनगढी – धनगढीको बिकसको गति तिव्र रुपमा अगाडी बढीरहेको छ । धनगढीको मुहार फेर्नका लागी एक पछी अर्को उत्कृष्ट काम गर्न नगर प्रमुख गोपाल हमालले कुनै कसुर बाकी राखेका छैनन् । अहिले मेयर हमालको धनगढीवासीले एक कामको चर्चा गर्न नपाउदैं अर्को कमालको काम भैसकेको हुन्छ । आज गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप महानगरपालिकाबिच सहमति भएको छ । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको हो ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप-महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने छ । उक्त आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागु गरिने विश्वविद्यालयले जनाएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उप-महानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ ।

Dengue

सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइटेल र धनगढी उप-महानगरपालिकाका तर्फबाट नगर प्रमुख गोपाल बहादुर हमालले हस्ताक्षर गरी कार्य अगाडि बढाउनका लागि पूर्णत दिइएको छ । सम्झौताको क्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुन लगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार