काठमाडौं – नेपाल प्रहरीले एकै चोटी ठूलो सङ्ख्यामा सहायक हवलदारको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयले बिहीबार चार हजार ९२ सहायक हवल्दार सरुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।
कार्यालयले सोही अनुसार ४०९२ सहायक हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्