कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ।
शुक्लाफाटा नगरपालिका–१० टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँका ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको छ।
प्रतिक्रिया दिनुहोस्