बैतडीमा ट्याक्टर दुर्घटना हुदा ३ जना घाइते

धनगढी ३० असोज । बैतडीमा ट्याक्टर दुर्घटना हुदा तिन जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुदा तिन जना घाइते भएका हुन्।

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका प्रहरीले जनाएको छ ।

Dengue

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार