दशैं स्पेशलका लागी आज ‘परदेशी–२’ र ‘कौसीद’रिलिज

काठमाडौं । दशैं स्पेशल रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् ।‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचार बिना नै रिलिज भएको हो ।

Dengue


भिडियो गेम शैलीमा बनेको चलचित्र ‘बासेन्जी’ पनि आजै रिलिज भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले यो चलचित्र निर्देशन गरेका हुन् ।यो चलचित्रमा मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, प्रवेश उप्रेतीलगायत कलाकारले अभिनय गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार