कञ्चनपुरमा दुइओटा मोटरसाइकल आपसा ठोकिदा एक जनाका मृत्यु

कञ्चनपुर, २० असोज । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । शुक्रवार राति १० बजे म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधाराचादनी नगरपालिका–६ मा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार