गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मन्त्रीपरिषद् बाट स्वीकृत

धनगढी, १७ असोज । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयकलाई संघीय संसदमा पेस गर्ने बाटो खुल्ला भएको छ । संघीय मन्त्रीपरिषद्को मंगलवारको बैठकले विधेयकलाई स्वीकृत गरेको पछि विधेयक पेस गर्ने बाटो खुल्ला भएको हो ।

संघीय मन्त्रीपरिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका छ ।

Dengue

प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तका अनुसार संसदबाट गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको कानून बन्ने छ । कानुन बनेपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा आउने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार