कञ्चनपुर,१२ असोज । कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ ।
विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो ।
अबैध रुपमा फेला परेका सबै सामान भन्सार कार्यालय गड्डाचौकी बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस्