४४ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।

सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।

dashain shuvakamana
Discovery School

साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२,१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो । मंगलबार १९८४,४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।

हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५।३१ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार नेप्सेमा उच्च गिरावट भएपनि २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब पनि पुगेको थिएन भने मंगलबार मुश्किलले अर्ब नाघेको थियो । तर, बिहीबार भने ३ अर्ब माथिको कारोबार भएको छ । १ लाख १९ हजार ३५९ वटा कारोबारमा १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएर बिहीबार नै कारोबार सुरु भएको कम्पनीको सबैभन्दा धेरैको सेयर किनबेच हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको १३ करोड ९७ लाख र शिवम् सिमेन्टको १० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २१७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बिहीबार ४ कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस्तै सेयरमूल्य धेरै बढ्ने १० कम्पनीमा स्वाभिमान लघुवित्त बाहेक सबै हाइड्रोपावर मात्रै छन् ।

सेयरमूल्य सबैभन्दा धेरै घट्नेमा भने अभियान लघुवित्तको सर्वाधिक ३.९८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको १.९५ प्रतिशत र इमर्जिङ नेपालको सेयरमूल्य १।७३ प्रतिशतले गिरावट भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार