बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाईते

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाईते भएका छन्।

पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलवार राति ९ः३० बजे जिप दुर्घटना हुँदा बैतडीको शिवनाथ गाउँपालिका १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएका छन्।

Seti Hospital

डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। प्रकाशको टाउको र अनुस्काको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

जिपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार