बैतडीमा मृत भेटिए, दार्चुलाको शैल्यशिखर–२ का वडा सचिव

बैतडी: दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी बैतडीमा मृत भेटिएका छन् ।

शैल्यशिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र मोटरसाइकल आज भेटिएको छ । मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको छ ।

Dengue

कपाडी हिजो बिहान १० बजे डडेल्धुरास्थित तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेको तरुण दल केन्द्रीय सदस्य घनश्याम भट्टले बताए । कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार