कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका २ त्रिनगर व्यारेल नजिकबाट १ पत्ता नाईट्रोभेट र ८ पिस स्पास नामक लागुऔषध सहित गोदावरी नगरपालिका १ बस्ने २६ बर्षीय अजय चौधरी र २२ बर्षीय सौरव खनाललाई मंगलवार साँझ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरको हो ।

Dengue

यस्तै धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार नजिकबाट ३ पिस नाईट्रोभेट र ३९ पिस स्पास नामक लागुऔषध सहित सोही ठाँउ बस्ने २८ बर्षीया निर्मला आउजि पक्राउ परेकी छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ उनलाई पक्राउ गरको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार