सुनचोरीको आरोपमा बैतडीमा एक दम्पती पक्राउ

बैतडी: सुनचोरीको आरोपमा दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको डिलाशैनी गाउपालिका ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dengue

स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

आफ्नो घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर जयानन्द नाथले गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार