डोटीमा १ सय ५५ लिटर अवैध घरेलु मदिरा नष्ट

धनगढी, २९ साउन । डोटीमा १ सय ५५ लिटर अवैध घरेलु मदिरा बरामद गरीएको छ । आईतबार प्रहरीले जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ४ बागछेडा बाट १ सय ५५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा बागछेडा बजार आसपासका क्षेत्रहरूमा अवैध रूपमा बिक्री वितरण गर्न राखिएको मदिरा बनाउन प्रयोग गरिने भाँडाकुँडा र कच्चा पदार्थ समेत बरामद गरिएको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले जानकारी दिए ।

Dengue

प्रहरी चौकी खँड्यौलीका अनुसार बरामद गरिएको मदिरा गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, स्थानीय, पत्रकारको रोहबरमा आइतबार नष्ट गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार