धनगढी,२९ साउन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको छ । प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको हो ।
पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएपछि पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको बताइएको छ । साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ।
सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्लामा पेट्रोलिमय पदार्थ ढुवानी गर्न समस्या भएपछि पेट्रोलिमय पदार्थको अभाव भएको हो ।
प्रतिक्रिया दनुहोस्