धनगढी: अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर युवा उद्यमी मञ्च कैलालीले वृक्षरोपण गरेको छ ।
धनगढी उपमहानगरपालिका ४ स्थीत शिवपुरी धाममा ४० वटा बिभिन्न प्रजातीका बिरुवाहरु जस्तै बेल,रुद्राक्ष, निम र श्रीखण्ड लगाएका बिरुवा रोपेको मञ्चका अध्यक्ष कुबेर शाहीले बताए । यस छेत्रमा युवा उद्धमी र उद्धामसिलताको विकासमा भुमिका खेल्नुका साथै विभिन्न अवसर हरुमा यस किसिमका अन्य सामाजिक र मानविय सेवाका कार्यहरु निरन्तर गर्ने अध्यक्ष शाहीले बताए ।
कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका अध्यक्ष बलदेव भटट र उपाध्यक्ष योगेश मल्ल सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दनुहोस्