कैलालीका ४ औषधिपसल सिल

धनगढी । कैलालीका ४ अवैध पसल सिल गरिएको छ । औषधी व्यवस्था विभाग नेपालगञ्जको अनुगमन टोलीले कैलालीको लम्कीचुहा नगरपालिकास्थित ४ अवैध पसलमा सिल गरेको हो ।

अनुगमनका क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभई औषधी बिक्री वितरण गरेको पाईपछि औषधिपसल सिल गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसि निरिक्षक दिपेन्द्र कुमार साहले बताएका छन् । साहका अनुसार ती औषधी पसलहरुले सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पाइएको छ ।

Dengue

यसरी सिलबन्दी हुनेमा कैलालीको लम्कीस्थित रमेश कुवँरले सञ्चालन गरेको आरके क्लिनिक, चन्द्रप्रसाद धमालाले सञ्चालन गरेको सिपी क्लिनिक, प्रेमबहादुर चौधरीले सञ्चालन गरेको साधना एग्रोभेट सेन्टर, महेश जैशीले सञ्चालन गरेको आरडी महेश क्लिनिक रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार