अत्तरिया: नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ ।
नेपाल आयल निगमले पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरको हो ।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य १७३ रुपैयाँ र डिजेल र मट्टितेल १५३ पुगेको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर १३० रुपियाँले घटाएर १६६० पुगेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्