‘गुड लक विरेन्द्र सर…’

भक्तराज जोशी

धनगढी । वर्षौंदेखि अस्तव्यस्त रहेको धनगढी पछिल्लो केही समययता व्यवस्थित बन्दै गएको छ । अझ धनगढीको मुख्य समस्यामा रुपमा रहेको ट्राफिक व्यवस्थापन अहिले सुधारिँदो अवस्थामा छ ।

खासगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको प्रमुखमा ट्राफिक प्रहरी निरिक्षक विरेन्द्रसिंह जोहारीको इन्ट्रिसँगै धनगढीमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बन्दै गएको छ । धनगढीलाई पूर्ण रुपमा व्यवस्थित बनाउने संकल्पसहित इन्जार्चको जिम्मेवारी सम्हालेका जोहारी अहिले सोही संकल्प पूरा गर्ने दौडमा छन् ।

Dengue

कैलाली यसै पनि सबैभन्दा धेरै सडक दुर्घटना हुने शहरका रुपमा परिचित छ । साँघुरा सडक र अत्याधिक जनघनत्वका कारण पछिल्लो समय कैलाली त्यसमा पनि धनगढीमा सडक दुर्घटनाका केस पनि बढ्दो थियो । अझ मोहना अत्तरिया ६ लेन सडक बनेपछि सडक प्रयोगको उचित ज्ञान नहुँदा दुर्घटनाले झनै विकराल रुप लिएको थियो । तर, पछिल्लो समय कैलालीमा सडक दुर्घटनाका केस घट्दो क्रममा रहेको प्रहरीको तथ्यांकले प्रष्ट्याएको छ । जसको श्रेय जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख विरेन्द्र सिंह जोहारीलाई जान्छ भन्दा फरक पर्दैन ।

जोहारी बिहानैदेखि कैलालीको ट्राफिक व्यवस्थापन गर्ने महाअभियानमा सक्रिय रुपमा लाग्छन् । प्रत्येक हप्ताको शुक्रबार बिहानै ८ बजेदेखि उनी ट्राफिक सचेतना कक्षा सञ्चालन गर्छन् । जहाँ उनी सडक लेन अनुशासन पालना नगरेको तथा मापसेमा कार्वाहीमा परेका सवारी चालकहरुलाई सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयबारे पढाउँछन् । उनले हालसम्म १ हजार ५ सय २५ जनालाई सवारी सचेतना कक्षा दिइसकेका छन् ।

योसँगै जोहारी दैनिक रुपमा सवारी चालकहरुलाई सवारी सञ्चालनका विषयबारे सम्झाईरहन्छन् । दिनहुँजसो यात्रुबाहक सवारी साधनमै पनि उनी चालक, सहचालक तथा यात्रुहरुलाई ट्राफिक नियमका बारेमा सेचना दिइरहन्छन् । मुस्कानसहितको सेवा भन्ने मूल मन्त्रसहित जिल्लाको ट्राफिक व्यवस्थापनमा लागी परेका उनी कैलालीमा सडक दुर्घटनालाई शून्यमा झार्ने संकल्पका साथ अहोरात्र खटिएका छन् ।

जोहारीको उक्त पहलमा पछिल्लो दिन कैलालीबासी र सवारी चालकहरुले पनि निकै सहयोग गरेको देखिन्छ । अहिले कैलालीमा सञ्चालन हुने सार्वजनिक यातायातमा पनि सवारी सञ्चालनका मापदण्ड पूरा भएका भेटिन्छन् । यसले कैलालीलाई व्यवस्थित बनाउने जोहारीको सपना साकार गर्न थप बल पुगेको छ ।

जोहारी सापलाई- ‘अनुरोध तपाई कैलालीलाई व्यवस्थित बनाउने कर्ममा लागिरहनुस्, संकल्पमा अडिक रहनुस्, तपाईको काममा कैलालीबासीको सहयोग रहनेछ, हाम्रो साथ रहनेछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार