धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते

धनगढी: धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते भएका छन्।

धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक चौमलाबाट धनगढी तर्फ आउदै गरेको गौरीगंगा नगरपालिकाको सु।प।प्र।०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट नगरपालिका–५ का २८ वर्षीय नकुल शाही घाईते भएका हुन्।

Dengue

एम्बुलेन्सको ठक्करबाट शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स र चालक गोदावरी नगरपालिका–८ का ४५ वर्षीय जितराम चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार