सुदूरपश्चिम प्रदेशमा पाँच किसान पुरस्कृत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना किसानलाई पुरस्कृत गरेको छ । प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका हुन् । उनले पुरस्कार स्वरुप रु एक लाख ५० हजार र प्रशंसापत्र पाएका छन् ।

कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गर्दै आएका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादकत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् ।

Dengue

त्यस्तै, ७५ हजार रुपैयाँ र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले २२ बिघा जग्गा भाडामा लिई कुखुरा, बङ्गुर, बाख्रा, माछापालनका साथै ड्रागन खेती र घाँस खेती गरिरहेका छन् । रु ७५ हजार र प्रशंसापत्रको भीमदत्त उत्कृष्ट पुरस्कारबाट नै डडेलधुरा अमरगढी नगरपालिकाका प्रिन्सराज अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी, र बैतडी पाटन नगरपालिकाका जयन्ती भाट (बिजले) पनि पुरस्कृत भएका हुन् ।

अमरगढी नगरपालिकाका कृषक अवस्थीले डडेलधुरा र बझाङमा गरी झण्डै एकसय २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनको तरकारी खेतीबाट प्रत्यक्षरुपमा दश जनाले र अप्रत्यक्षरुपमा धेरै व्यक्तिले रोजगारी पाएका छन् । गन्यापधुराका प्रसाददत्त अवस्थीले गाउँपालिकाका विभिन्न ठाउँमा गरी झण्डै दुईसय रोपनीमा तरकारी खेती गरिरहेका छन् । पाटन नगरपालिकाकी जयन्ती भाट (बिजले)ले करिब ४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् ।

प्रदेश सरकारले कृषकको हौसला बढाउँदै कृषि उपजको व्यावसायिक उत्पादन गराउनका लागि किसान नेता स्व भीमदत्त पन्तको नामबाट दुई वर्षअघि यो पुरस्कार खडा गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार