महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए । ‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ’, नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’

Dengue

उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताएका छन् । अहिले उक्त क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् ।

यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने स्थानीय मायादेवी सुनारले बताइन् । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ’, उनले भनिन्, ‘यहाँ डुबान र कटान धेरै हुन्छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’

गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताएकी छिन् । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार