कैलाली । चेक अनादार मुद्धामा फरार रहेका एकजना कैलालीबाट पक्राउ परेका छन् । शुक्रबार मालाखेती प्रहरीले चेक अनादार मुद्धामा फरार रहेका सरजन कामीलाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका १० का कामीलाई कैलाली जिल्ला अदालतले २०७६ साल असार १३ गते एक हजार जरिवाना तोकेको थियो । तर, अदालतले सजाय सुनाएसँगै उनी फरार भएका थिए ।
४ वर्ष अघि फरार भएका कामीलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्