बिहान गरिएका यी ६ गल्तिका कारण बढ्छ वजन

काठमाडौं– बिहानको शुरुवातले दिउँसो कस्तो हुन्छ भन्ने दर्शाउँछ । यदि बिहानको रुटीन स्वस्थ भयो भने पुरै दिन प्रोडक्टिभ हुनुको साथै शरीर पनि स्वस्थ्य हुन्छ ।

अर्कोतिर यदि दिनको शुरुवात अस्वस्थकर तरिकाले गरियो भने यसले तपाईँको दिन पनि खराब हुन्छ । धेरै मानिस बिहानको शुरुवात त्यस्ता कुराहरुका साथ गर्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

Dengue

त्यस्ता विभिन्न बानीहरु जुन दैनिक रुटिनका अनुसार अति सामान्य हुन्छन्, तर यी बानीले शरीरको वजन बढाउँछ । डाइटिङ गरेर पनि वजन कम भइरहेको छैन भने निम्न बानीलाई सुधार्नु पर्छ ।

अत्यधिक अथवा कम सुत्नु

निद्रा हाम्रो शरीरका लागि अति आवश्यक हुन्छ । सातदेखि आठ घण्टाको निद्रा हाम्रा लागि उपयुक्त हुन्छ । त्यसैले अत्यधिक सुत्नु अथवा कम निदाउनुले मेटाबोलिज्मलाई प्रभावित गर्छ । बढी सुत्नाले बिहानको खाना स्किप हुन्छ र बिहानको खानाबाट पाइने पोषक तत्व प्राप्त हुँदैन । यसका साथै कम सुत्नाले पनि तनाव बढ्छ र जसले वजन बढ्ने समस्या हुन्छ ।

बिहानको खाना र पानी स्किप गर्नु

आजको व्यस्त जिन्दगीमा प्रायः मानिस बिहानको खाना स्किप गर्छन् । बिहान खाना स्किप गर्नाले वजन झन् बढ्छ । बिहान खाली पेट हुनाले मेटाबोलिज्म र क्रेभिङ बढ्न थाल्छ । यसका साथै वजन नियमित राख्नका लागि हाइड्रेट रहन अति आवश्यक हुन्छ । बिहान उठेपछि पानी पिउनाले पाचन प्रणालीले नियमित रुपले काम गर्छ ।

खाना खाँदा समाचार हेर्नु

प्रायः मानिस खाना खाने क्रममा टेलिभिजन अथवा मोबाइलमा समाचार हेर्छन् । खाना खाँदा मोबाइल हेर्नाले पनि वजन बढ्छ । टेलिभिजन र माबाइलमा ध्यान हुनाले छिटा–छिटो खाना खाने र थोरै चपाउनाले वजन बढ्न थाल्छ ।

व्यायाम नगर्नु

धेरै मानिस बिहान उठेर व्यायाम गर्दैनन् । खाली पेटमा बिहान व्यायाम गर्नु शरीरका लागि निकै फाइदाजनक हुन्छ । व्यायाम गर्नाले छिट्टै फ्याट बर्न हुन्छ । यसका साथै बिहान घाममा बस्नु पनि शरीरका लागि आवश्यक छ ।

चीया अथवा कफीमा क्रीम हालेर सेवन गर्नु

बिहानको शुरुवात हामी चिया अथवा कफीबाट गर्छौँ । धेरै मानिस बिहान चियामा मख्खन अथवा कफीमा क्रीम हालेर सेवन गर्छन् । यसका साथै धेरै मानिस चिनीको पनि अत्यधिक प्रयोग गर्छन् । यस्ता बानीले वजन बढाउँछ । यसरी बढेको वजन डाइटिङ गरेर पनि वजन कम हुँदैन ।

बिहानको गलत खाना

प्रायः मानिस धेरै बिहानको खानामा तारेको, भुटेको खाना खान मन पराउँछन् । तर खानामा बढी तेल अथवा ध्यूको सेवन गर्नाले वजन बढ्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार