दार्चुलाको गाकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय बनाइने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ ।

बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने बताएका हुन् ।

Dengue

शैल्यशिखर नगरपालिका–९ स्थितको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वर अब अस्पतालका रुपमा विकास गरिने भएको हो । यस सँगै प्रदेशले डडेल्धुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेश स्तरीय अस्पताल बनाउने जनाईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार