बैतडीमा एक लाखबढीका बेवारिसे सामान फेला

बैतडी: बैतडीमा एक लाखबढीका सामान बेवारिसे अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोठलापानी शाहिलेक सडकखण्डमा अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला, प्रेसर कुकर, नमकिन, नरिवल, दाल, चिनी लगायतका एक लाख पैतीस हजार तीन सय पैतालीस रुपैँया बराबरको सामानहरु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

SHIKHAR COOL TECH

गोप्य सूचनाको आधारमा बिहीबार राति ती सामग्री बरामद गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका वडा नम्बर–४ गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पस नजिक गोठलापानी शाहिलेक सडकखण्डमा उक्त सामान फेला पारेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार