धनगढीमा एडीबीले थप ३२ किलोमिटर सडक निर्माण गर्ने

कैलाली: धनगढीमा थप ३२ किलोमिटर सडक निर्माण गर्न एसियाली विकास बैंक सहमत भएको छ । एसियाली विकास बैंकले थप लगानी नगर्ने भन्दै फिर्ता हुने निर्णय गरेको थियो ।

तर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवाको सहजीकरणमा थप ३२ किलोमिटर सडक निर्माण गर्न एसियाली विकास बैंक सहमत भएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमलाले बताए । अबको दुई वर्षमा दोस्रो प्याकेजमा धनगढीका विभिन्न १६ वटा सडक निर्माण हुने उनले बताए ।

Dengue

धनगढीका सडक निर्माण, डुबान समस्या हल र ढल निकासको समस्या समाधन गर्ने एसियाली विकास बैंक र विश्व बैंकको लगानी भित्रिने भएको नगरप्रमुख हमालले बताए । ‘हामीले धनगढीको विकास रोकिने भो भन्ने कुरा माननीय डाक्टर राणासँग भनेका थियौँ। उहाँकै पहलमा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर र अन्य अधिकारीसँग छलफल भएको छ,’ उनले भने, ‘छलफलबाट एडिबीले थप दुई वर्षमा ३२ किलोमिटर सडक निर्माण गर्ने भएको हो ।’

एसियाली विकास बैंकले बाँकी सडकमा लगानी गर्ने भएपछि एडिबीले धनगढीमा साढे चार अर्ब बढी बजेट खर्च गर्ने छ । एसियाली विकास बैंकको लगानीमा धनगढीको पुरानो भन्सार सडक, रुवस होटल हुँदै दक्षिण जाने सडक, बोराडाँडी–यातायात कार्यालय सडक, धनगढीगाउँ–जुगेडा सडक लगायतका १६ वटा सडक दुई वर्षमा कालोपत्र हुने छन् ।

प्रतिनिधि सभा सदस्य डाक्टर राणाको अगुवाईमा एसियाली विकास बैङ्कका कन्ट्री डाइरेक्टर र अन्य प्रतिनिधिसँग भएको छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको पनि सहभागिता थियो। एसियाली विकास बैंकसँग भएको छलफल धनगढीको विकासका लागि महत्वपूर्ण भएको नगरप्रमुख हमालले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार