धनगढीको एक खाद्य स्टोरमा आगलागी

धनगढी। धनगढीको एक खाद्य स्टोरमा आगलागी भएको छ।

शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) को पिपि ट्रेडर्समा आगो लागेको हो।

Seti Hospital

कृष्णदत्त पाण्डेयको उक्त स्टोरमा विद्युत्‌को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउ र छतमा रहेको टीनलगायत सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ।

स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक पाण्डेले बताएका सुरक्षा निकायहरुले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार