युवा संघ सचिवबाट सदस्यमा राख्न खोजेपछि चन्दले दिइन् राजीनामा

बैतडी: राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सचिव बिष्णा चन्दले राजीनामा दिएकी छन् । आफूमाथि अपमान भएको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् । नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको सचिव बनेकी बैतडीकी चन्दले आफुलाई अहिले आएर सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताइन् ।

आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

Dengue

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेकी छन् । लामो समय देखि राष्ट्रिय युवा संघ नेपालमा रहेर कुशलतापूर्वक हरेक जिम्मेवारी निर्वाह गरेपनि आज आफुलाई अपमान गरिएको उनले बताइन् ।

उनले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार