कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमवार मृत फेला परेकी हुन्।

उनी आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा मृत फेला परेको छिमेकी मथुरा औजीले बताए।

Dengue

मृतकको शव सोमबारनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा छन्। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार