नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

Dengue

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार