कैलालीमा एक महिलामाथि कुटपिट

धनगढी: कैलालीमा त्रिपाल टाँगेर बस्दै आएकी महिलामाथि राति कुटपिट भएको छ।

जिल्लाको गोदावरी नगरपालिका(३ चौकिडाँडामा घर भत्काइएपछि त्रिपाल टाँगेर बस्दै आएकी वादी समुदायकी ६० वर्षीया पार्वती वादीमाथि कुटपिट भएको हो। चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती वादीमाथि बिहीबार राति कुटपिट भएको मिठु वादीले बताइन्।

मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले अनुसन्धान भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार