काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न ओली बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् । भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताए । ‘समसामयिक राजनीतिक विषयहरू, आगामी वर्ष नीति, कार्यक्रम र बजेटबारे छलफल भयो,’ उनले भने ।
एमाले अध्यक्ष ओलीले पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस्