केजिष्टद्धारा धनगढीको शिवपुरी धाम र बसपार्कमा सरसफाई

धनगढी । धनगढीको रातोपुलमा रहेको कीर्तिगंगा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)ले धनगढीको शिवपुरी धाम र बसपार्कको सरसफाई गरेको छ । केजिष्टका विद्यार्थी तथा कर्मचारीहरुले बुधबार शिवपुरी धामसँगै बसपार्क क्षेत्रको सरसफाई गरेका हुन् ।

‘सफा शहर, हाम्रो रहर’ भन्ने नाराका साथ धनगढीको शिवपुरी धाम र बसपार्क क्षेत्रमा सरसफाई गरेको केजिष्टका संयोजक गोपाल धामीले बताए ।

Dengue

‘हाम्रो उद्धेश्य, हाम्रो शहर सफा राख्नु हो’, उनले भने, ‘धनगढी आउने पाहुनाहरुको पहिलो गन्तव्य भनेकै बसपार्क र शिवपुरी धाम हो । त्यसेले स्वच्छ धनगढीको सन्देश फैलाउन सरसफाई गरेका हौँ ।’

२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्टमा हाल मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् । केजिष्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, रक्तदान, सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको धामीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार